• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कामको समीक्षा र जनताका पिरमर्का अनुरुप विकास गरिनुपर्छ : सभामुख घर्ती





प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्ती मगर अहिले आफ्नो गृहजिल्ला रुकुमपूर्वका नागरिकसँग भेटगाट गरिराख्नु भएको छ । सोमबार पुथा उत्तरगंगा गाउँपालिकाले र आइतबार भूमे गाउँपालिकाले सभामुखलाई स्वागत तथा नागरिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा नागरिक तथा स्थानीय जनप्रतिनिधिले सभामुख समक्ष समस्या र जिज्ञासा राखेका थिए । उहाँहरुले सभामुख समक्ष सञ्चार, सडक, कृषि त्यसैगरी शिक्षा र प्रदेश मार्फतका योजनाको लागि सम्झौता देखि लिएर कामको अन्तिम चरण सम्ममा बुटवल, प्युठान, रोल्पा, दाङ त्यी जिल्लाहरु डौडदुप गर्नु पर्ने जस्ता समस्या रहेको जिज्ञासा राखेका थिए ।

त्यसैगरी कृषि उत्पादन स्याउ तथा आलु जस्ताले बजार नपाएको समस्या भोगिराखेको यसको समाधानमा प्रदेश सरकारले पहल गरिदिनु पर्ने समस्या राखे । जिल्लाको सबै भन्दा दुर्गम गाउँपालिका रहेकोले हरेक विकास योजना देखि पछि परिरहेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकााश घर्ती मगरले जानकारी गराउनुभयो । उनले भने, ‘शहिद राजमार्ग पिच नभएको कारणले वर्खायम देखि यातायत साधन ठप्प हुन्छ । स्याउ, सुन्तला फर्म तथा भेडाबाख्रा फर्म निर्माण गर्ने योजना बजेटको अभावले गर्दा फर्म स्थापना गर्न नसकेको अध्यक्ष घर्तीको भनाई रहेको छ ।

भूमे र पुथाले आयोजना गरेको नागरिकसँग अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासालाई सभामुख घर्तीले सम्बोधन गर्नुभयो । आफ्नो प्रदेशको तर्फबाटका योजना निर्माण र समग्र यहाँका विकासका गतिविधिलाई समीक्षा गर्ने र नागरिकका पिरमर्कालाई बुझ्ने उद्देश्यले गृहजिल्लाका नागरिकसँग भेटगाट गर्न आएको सभामुख पूर्णबहादुर घर्ती मगरले बताउनुभयो । ‘प्रदेश सरकार स्थानीय सरकार भन्दा पछि स्थापना भएकोले पहिलो वर्ष नीति, नियम लगायतमा खटिनु परेको थियो’ उहाँले भन्नुभयो, ‘त्यसैले गर्दा प्रदेश मार्फतको योजनामा केहि समस्या पैदा भइराखेको प्रदेश सरकारले अनुभव गरिराखेकोले आगामी दिनमा नागरिकबाट उठेका समस्यालाई सम्बोधन गर्ने छाँै ।’ अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले रुकुमपूर्वमा ९ करोड ७४ लाख रकम छुत्याइएकोमा प्राथामिकता सडक निर्माणमा राखेको सभामुखले जानकारी दिनुभयो । ‘यस आर्थिक वर्षमा १३ करोड ४० लाख रकम छुत्याइएकोमा सडकसँग कृषिलाई प्राथामिकता राखिइएको छ ।’ ५ नम्बर प्रदेशका संसद् तेजबहादुर ओली, जिल्ला समन्वय समितिका प्रमुख गजेन्दर बहादुर आली (नेकपा)का जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो । पुथा उत्तरगंगा गाउँपालिकाले सभामुखलाई भेडाको ऊनबाट भनेको काम्लो उपहार दिएका थिए । स्थानीय उत्पादनलाई विशेष जोडिनु हुने उद्देश्यले उक्त उपहार मार्फत सन्देश प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments