• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मनोक्रान्ति अभियानमा आनन्द प्रतिष्ठान





२०७२ सालमा विधिवतरुपमा दर्ता भई व्यक्तित्व विकास तालिम, भाषण गर्ने कला, जीवन जिउने कला, नेतृत्व विकास तालिम, आदर्श अभिभावक कलालगायत विभिन्न जीवनोपयोगी तालिमहरु सञ्चालन गर्दै आइरहेको आनन्द प्रतिष्ठान नेपाल प्रालिले गत जेठ १८ गतेदेखि मनोक्रान्ति अभियान सञ्चालन गरेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको हलमा प्रत्येक शनिवार निःशुल्क तालिमहरु प्रदान गरिरहेको सामाजिक अभियन्ता आनन्द प्रतिष्ठानका प्राध्यापक भुपाल सिंह रोकायले बताउनुभयो ।

मनोक्रान्ति अभियानका अभियन्ता रोकायले महासंघको हल भाडामा लिएर तालिम दिदै आइरहेको जानकारी दिनुभयो । ‘यो मनोक्रान्तिले हाम्रो मनमा सकारात्मक चिन्तनको विकास गर्ने यस्ता तालिमहरुले जीवनलाई सफल, सक्षम, सुखी, समृद्ध, शक्तिशाली र आनन्दित जीवन जिउने विशिष्ट कला सिकाउ“छ’– प्रा. रोकायले भन्नुभयो– ‘मानव जातिका लागि अति आवश्यक गुणहरुको निर्माण, विकास, संरक्षण, सदुपयोग र आत्मसातबाट मात्र परिकल्पना गर्न सकिन्छ ।’

उहा“ले थप्नुभयो– ‘यस्ता विशिष्ट गुणहरुलाई युवा तथा बालबालिकाहरुमा बानीकै रुपमा विकसित गराई उत्साही, ऊर्जाशील, आत्मविश्वासी, साहसी बनाई आत्मनिर्भर र सफल बनाउन सकिन्छ ।’ उहा“का अनुसार सहभागीहरुले आफूमा रहेको खराब तत्व र आचरणलाई त्याग्दै जान सक्ने र विशिष्ट उद्देश्य हासिल गर्न असल गुणहरुको विकास गर्दै जानसक्नेछ छन् र परीक्षण कालमै हामीले आफूमा रहेको विशाल सम्भाव्य शक्तिलाई चिन्ने अवसर पाउन सकिन्छ । यो तालिम विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, डाक्टर, इञ्जिनियर, व्यवस्थापक, प्रशासक, व्यापारी, निर्माण व्यवसायी, बजार प्रतिनिधि, गृहिणी, कृषकलगायत सबै उमेर र समूहका व्यक्तित्वहरुका लागि अति उपयोगी रहेको प्रतिष्ठानका प्रा. रोकायले जानकारी दिनुभयो ।

Facebook Comments