• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अठार मगरातको भूमे पर्वमा रमाउदै चलचित्रकर्मी





मगर भाषा संस्कृतिको खोज अनुसन्धान गर्ने उद्देश्यले निर्देशक सुमन थापा मगरको टोली यतिबेला लुगुममा छन् । टोलीमा हालसालै लुगुममै छायांकन गरिएको धाक्रे चलचित्रका नायक सहित चलचित्र खुर्पेटोकी नायिका विना थापा मगर हुनुहुन्छ । तीनै जना गाउँलेहरुसँग फुल टिप्न करिब ३५०० मिटरको उचाइमा रहेको नोगोपो पुगे । ठाडो उकालो छिचोल्दै कष्टकर यात्रा पनि रमाइ रमाइ चडेका टोली आफुलाई गौरभ अनुभूत भएको बताएका छन् । मगरहरुको संस्कार जिवित रहेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको पनि शुभकामना दिएका छन् । यात्रा रमाइलो भयो पहिलो चोटि नै यति अग्लो चुचुरा पुगियो नायिका विना थापा मगरले बताउनुभयो । थप्दै भन्नुभयो ” सायाद अर्को चोटि यति अग्लो टाकुरा चढ्ने मौका पनि मिल्छ कि मिल्दैन । भर्खरै मात्र चलचित्र खुर्पेटोबाट तेस्रो नेपाल आदिवासी जनजाती महोत्सव २०७६ को सर्वोत्कृष्ट नायिकाको उपाधि हात पार्नुभएकी छिन् । खुर्पेटो मगर जनजीवनसँग आधारित चलचित्र भएकोले मगर समुदायका बासिन्दाहरूले नछुटाई हेरिदिन पनि आग्रह गर्नुभयो । च्यारिटी शो भइसकेको यो चलचित्र छिट्टै प्रदर्शनमा पनि आउँदै छ । नायक मिनुज राना मगरको पनि आफ्नो अनुभूति उस्तै रहेको बताउँदै अठार मगरात आफुले सोचेको भन्दा संस्कृतिमा अब्बल रहेको प्रतिकृया दिनुभयो । “भूमे पर्वमा बुकी चढ्छन् र फुल टिपेर ल्याउँछन् भन्ने सुनेको थिएँ तर यति महत्त्व बोकेको हुन्छ भन्ने बल्ल थाहा पाएको छु ” निर्देशक तथा निर्माता सुमन थापा मगरले भन्नुभयो । यो बेलाको फुलको महत्त्वको बयानै गर्न नसक्ने उहाँको भनाइ छ । यो वर्ष अरु वर्षहरू जसरी पानी नपरेकोले ठूलो सङ्ख्यामा बुकी फुल टिप्न गएको सहभागिहरुले बताएका छन् । अघिल्ला वर्षहरूमा बर्षात सुरु भइसकेको हुनाले जुका तथा हिलोको समस्याले कमै मात्रामा जान्थे । तपाईंहरू त निक्कै भाग्यमानी हुनुहुँदो रहेछ, गाउँलेहरूले बाहिरका पाहुनाहरूलाई यसरी खुसी बाँड्दै गरेको देखिन्थ्यो । ६५ देखि ७० वर्षका वृद्धवृद्धाहरूको उत्साहित सहभागी यो वर्ष बढी रहेको पनि देखिन्थ्यो । स्थानीय बुद्धिजीवी रुजिधन घर्तीले पनि आफू नगएको धेरै भएकोले एकचोटी कलाकार पाहुनाहरूसँगै जाने इच्छा जागेर आएको बताउनुभएको छ । साथै उहाँले बुकी जाने बाटो ठाउँ ठाउँमा रहेको नाच्ने पन्थ्याउली लगायतको आफुले निरीक्षण पनि गरेको बताउनुभयो । “भूक्षयका कारण क्षतिग्रस्त नोगोपोको थर्की ( चौपारी ) निर्माणका लागि पहल गरिनुपर्ने बताउनु भयो । यसका लागि आगामी योजनाहरु विशेष प्राथमिकता साथ लिइ दिन स्थानीय तह, प्रदेश सरकार तथा केन्द्रीय सरकार समक्ष माग गरिनु पर्ने अत्यन्तै आवस्यक छ” उहाँले भन्नू भयो । बाटोको स्तरोन्नति गर्ने र बुकीको नाच्ने चौपारी सुधार गर्न मात्रै ठूलो मात्रामा रकम खर्चिनुपर्ने आवस्यक छ ।

भूमे पर्वको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । खास गरि रुकुम पुर्व र छिमेकी जिल्ला रोल्पाको उत्तरी भेगमा मनाइने यो पर्व हिजो आज त्यहाँबाट बसाइ सरी जहाँ पुगेका छन् त्यही यो पर्व मनाउन थालिएको छ । यसका उदाहरण देशका तराई तथा उपत्यकाका शहरहरूको भूमे नाचहरूलाई लिन सकिन्छ । तुल्सीपुर, घोराही र काठ्माडौ उपत्यका लगायत शहरहरूसँगै रुकुम पश्चिम सदरमुकाम मुसीकोट खलंगामा यो पर्व धुमधामले मनाउन थालिएको छ ।

Facebook Comments