• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल वैकको शाखा तुलसीपुरमा




नेपाल वैक लिमिटडेको तुलसीपुरमा शाखा उद्घाटन गरिएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले उक्त शाखाको उद्घाटन गरेका हुन् । घोराहीमा मात्रै शाखा रहेको वैकले केही समय अगाडिदेखि सेवा दिन थालेको भएपनि औपचारिक रुपमा भने आइतवार उद्घाटन गरेको हो ।

वैकको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले वैकमा पैसा वचत गर्ने वानीको विकास गर्नका लागि वैकहरुले चेतना वृद्धि गर्ने खालका कार्यक्रम गर्न आग्रह गरे ।

नागरिकमा वैकमा पैसा वचत गर्ने वानीको विकास गर्नका लागि तुलसीपुर उपमहानगरले मेरो पनि वैक खाता अभियान सञ्चालनमा ल्याएको समेत उनले जानकारी दिएका थिए ।

पैसाको अनौपचारिक कारोवारले अपराध वढाएको भन्दै उनले वैकिङ कारोवार अपराध न्युनिकरणमा भुमिका खेलेको समेत वताए । तुलसीपुर वित्तिय कारोवारका लागि उपयुक्त ठाउँ भएको भन्दै उनले विकास र समृद्धिका लागि वित्तिय कारोबार वढाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका सहायक सिइओ प्रकाश अधिकारीले आधुनिक वैकिङ प्रणालीलाई अवलम्वन गरेर नेपाल वैकले छिटो छरितो सेवा प्रदान गरिरहेको वताए ।
नेपाल वैक लिमिटेडका प्रदेश नम्वर ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले स्थानीय तहसँग मिलेर वैकले वित्तिय क्षेत्रमा काम गर्ने वताए ।

उनले दाङका विभिन्न ठाउँमा वैक स्थापनाका लागि वैकले तयारी गरिरहेको पनि वताए । उनले वैकले व्यापार मात्रै नगरेर समाज सेवाको काममा पनि लागिरहेको वताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, पूर्व कर्मचारी केशव दिपक न्यौपाने लगायतले वोलेका थिए । वैकका प्रवन्धक विश्वराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments