• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यार्थीलाई कुट्ने शिक्षिका पक्राउ




विद्यालयमा ढिलो आएको भन्दै निर्मतापूर्वक कुटेर १४ जना विद्यार्थीलाई घाइते बनाउने रोल्पाकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी शिक्षिकालाई इप्रका होलेरीमा राखिएको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ । प्रहरीले शिक्षिका प्रक्राउ गरेसँगै पीडित बालबालिकाका अभिभावकलाई पनि तत्तकाल इप्रकामा बोलाएको छ

Facebook Comments