• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सैघाको सडकले फेरि पायो सांसद कोषको पन्ध्र लाख




घोराही उपमहानगरपालिका १९ स्थित लाकुरी बजार–घोरधारा–स्वर्गद्वारी सडकले पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट पुनः १५ लाख बजेट पाएको छ ।

यसअघि सोही कार्यक्रमबाट दश लाख बजेट पाएर काम सम्पन्न गरिसकिएको र पुनः १४ लाख ९३ हजार २ सय ५० रुपैयाँको बजेट प्राप्त भएको वडा सदस्य जंग रोकाले जानकारी दिनुभयो । पुरानो दश लाख बजेटबाट लाकुरीबजारबाट घोरधारामुनिसम्म पुगेको छ भने थपिएको बजेटबाट अरङखोलासम्म पुग्ने अपेक्षा गरिएको छ ।

घोराही उपमहानगरपालिका १५ स्थित सर्वोदय पुस्तकालयका लागि छुट्याइएको सो बजेटबाट यो बर्ष पुस्तकालयमा काम नहुने भएपछि कार्यक्रम संशोधन गरी सैघाको सडकमा लगाइएको हो ।

पुस्तकालयमा आगामी बर्ष बजेट विनियोजन गरिने छ । पहिले सांसद विकास कोषको रुपमा रहेको कार्यक्रमको कार्यबिधि परिवर्तन भएर पूर्वाधार विकास साझेदारी कार्यक्रम भएको छ ।

प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा क्षेत्रभरि रहेका सांसदहरुको बैठकबाट योजना छनौट गरिन्छ ।

सभामुख तथा दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महराको संयोजकत्वमा रहने यो समितिमा यो क्षेत्रमा सदस्यहरु रेखा शर्मा, अनिता देवकोटा र शान्ता चौधरी रहनुभएको छ ।

Facebook Comments