• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ट्याक्टर दुर्घटनामा एकको मृत्यु




रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सिस्ने गाउ“पालिका–७ चिसापानीमा शनिबार दिउ“सो भएको ट्याक्टर दुर्घटनामा परी जाजरकोटको छेडागाड नगरपालिका–३, का ३३ वर्षीय भीमबहादुर ठकुरीको मृत्यु भएको हो ।

सिस्ने गाउ“पालिका–५, को धौलापैराबाट वालुवा लिन चिसापानी पुगेको रा १ त २१४८ नम्वरको ट्याक्टर दुर्घटना हुदा ठकुरी सहित ३ जना घाईते भएका थिय । घाइते ३ मध्य ठकुरीको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पु¥याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चौरजहारी नगरपालिका–१०, का २५ वर्षीय खिमबहादुर पुन, र ट्याक्टर चलाक दाङ घोराहीका २६ वर्षीय लोकबहादुर चौधरी घाइते भएका छन् ।

चालक र अर्का घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र अर्को घाइते पुन सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका पहरी निरीक्षक ओमप्रकाश पौडेलले बताउनुभयो ।।

Facebook Comments