• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुर क्षेत्रमा शुरु भयो सरसफाइ अभियान (फोटो फिचर)




घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाहरुकै अगुवाईमा सरसफाई अभियानलाई प्रभावकारी बनाउने योजना बनाएको छ ।

जनप्रतिनिधी, टोल विकास समिति र उपमहानगरको सरसफाई तथा वाताबरण शाखाका कर्मचारीहरुले संयुक्तरुपमा सफाई अभियानलाई प्रभावकारी बढाउने योजना बनाएका हुन् ।

कुनै पनि टोलको सरसफाई त्यहीका स्थानियहरुको अगुवाईमा मात्रै सफल हुन सक्ने भन्दै टोल विकास समितिलाई अग्रसर बनाईएको बाताबरण समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । आफ्नो घर र टोलमा उत्पदान भएका फोहोरहरु व्यक्ति र टोलबासी कै सकृयतामा व्यवस्थापन सहज हुने उहाँको भनाई छ ।

यसैक्रममा पछिल्लो समय उपमहानगरले सरसफाई अभियानलाई प्रभावकारी बनाउन टोलबासीलाई अघि सारेको छ । बिहीवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरमा सरसफाई गरिएको छ । पाँच वटा टोल विकास, युवा क्लब र बाल क्लबको संयुक्त संयन्त्र बनाएर नवलपुरले सरसफाइको क्षेत्रमा नयाँ अभियान थालेको घोराही उपमहानगरका सरसफाई शाखा प्रमुख प्रेम केसीले जानकारी दिनुभयो ।

बुधवार पाँचवटा टोल विकास संस्था, नवलपुर युवा क्लब र बाल क्लबका पदाधिकारीको संयुक्त भेलाले नवलपुर क्षेत्र सरसफाइ समिति गठन गरेको र सोही समितिको निर्णयअनुसार सरसफाइ गरिएको समितिका अध्यक्ष कृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो ।

नवरपुरमा बसोबास गर्ने प्रत्येक घरधुरी, उपमहानगरको बाताबरण समिति संयोजक शक्तिराम डाँगी, सरसफाई शाखा प्रमुख प्रेम केसी सहितको टोलीले पुल्चोक र नवलपुर सडक क्षेत्र आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।

पुल्चोक क्षेत्रमा अस्पतालले सुई, होटलहरुले बोतल जस्ता खतराजन्य फोहोरहरु फाल्ने गरेको पाईएको छ ।

यसैबीच नगर प्रमुख नरुलाल चौधरी समेत सरसफाई अभियानमा सहभागि हुदै टोलबासीहरु नै सकृय भएर सफाई अभियानमा लाग्नु पर्ने बताउनुभयो । आफ्नो घर, टोल र समाजलाई स्वच्छ बनाउने जिम्मा लिएर अघि बढ्न समेत टोलबासीहरुलाई सुझाब दिनुभयो ।

जथाभावि फोहोर फाल्नेलाई कार्वाही हुने भन्दै सरसफाई कर नतिर्ने व्यवसायीको फोहोर उपमहानगरले नउठाउने समेत स्पष्ट पार्नुभयो ।


पाँच टोल र क्लबको संयुक्त सरसफाइ समिति


यसैबीच नवलपुर क्षेत्रका पाँच वटा टोल विकास संस्था, युवा र क्लबको सहभागिता रहने गरी नवलपुर क्षेत्र सरसफाइ समिति गठन गरिएको छ । जसमा अध्यक्ष कृष्णप्रसाद शर्मा आचार्य, उपाध्यक्ष हरिहर खड्का, सचिव पार्वता योगी र कोषाध्यक्ष प्रमिता चौधरी रहनुभएको छ ।

समितिका सदस्यहरु सावित्रा राना, नरबहादुर अधिकारी, नरेन्द्र केसी, सूर्यचन्द्र राना, मञ्जु बुढा, बसन्त जीएम, दीपक पुन, नर्मदा चौधरी, उर्मिला थापा, स्नेहा शर्मा पौडेल र शिवराज केसी रहनुभएको छ । भेलामा उपमहानगरका सरसफाई शाखा प्रमुख प्रेम केसीले बोल्नुभएको थियो भने सहजीकरण पत्रकार नरेन्द्र केसीले गर्नुभएको थियो ।

Facebook Comments