• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
योजना छनौट जारी




रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ नम्वर वडाले आगामी आर्थिक वर्षका लागि टोल तथा वस्ती स्तरका योजना छनौट थालेको छ ।

वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागितामा टोल तथा वस्तीमा पुगेर योजना छनौट कार्य भैरहेको हो । वडा कार्यालयले जेठ ९ गतेबाट योजना छनौट थालेको थियो ।
साविकका वडा तथा ती वडाका टोल र वस्तीमा समेत पुगेर योजना छनौट गरिरहेको वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार टोल तथा वस्ती स्तरबाट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, सडक, घोडेटो तथा गोडेटो बाटो निर्माण तथा विभिन्न उद्योग स्थापना गर्ने योजना माग भएका छन् । साविक पिपल गाविसका वडा अनुसार जिम्मेवारी बाँडफाँड गरेर योजना छनौट भैरहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

हालसम्म साविकका ३, ६, ८ र ९ नम्वरका विभिन्न टोलबाट योजना छनौटको काम सकिएको छ ।

बाँकी टोलको योजना छनौट पनि छिटै हुने जनाइएको छ । साविकको ७ नम्वर वडाको जिम्मा वडा सदस्य कर्णबहादुर खत्री, ५ नम्वर वडाको वडा सदस्य लली दमाई र ४ नम्वर वडाको योजना छनौट कार्यपालिका सदस्य जनककुमारी खत्रीको नेतृत्वमा गरिने छ । बाँकी टोल तथा वस्तीको योजना छनौटमा वडाध्यक्ष र कार्यपालिका सदस्य मनबहादुर वादी पनि सहभागि हुनेछन् ।

वडा तथा कार्यपालिका सदस्यलाई जिम्मा दिएपनि ती योजना छनौटमा वडाध्यक्ष सहित आफू पनि सहभागि हुने वादीले जानकारी दिनुभयो ।

Facebook Comments