• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, दुइ घाइते




सानीभेरी नदीमा ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको देउखोलाबाट रुकुमकोटतर्फ आउदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवामा दुर्घटना भएको हो ।

मृत्य हुनेमा सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोरा रहेकोे जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

ट्याक्टर सडकबाट करिव एक सय मिटर तल सानीभेरी नदीमा खसेको प्रहरीको भनाई छ । दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का १६ वर्षीय कृष्ण रसाइली र रुकुम पशिचम त्रिवेणी गाउँपालिका ५ का १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन् ।

घाइतेको अवस्था चिन्ताजनक रहेको र स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) रीफर गरिएको निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Facebook Comments