• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मदिरा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न सर्वोच्चको आदेश




इजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवशायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश टंकवहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश यस सम्बन्धी निवेदनको पूर्ण टुंगो नलागेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो ।

जिल्ला समन्वय समितिको निर्णयमा समाजको वृहत्तर हितलाई ध्यानमा राखी वैधानिकरुपमा अनुमति लिई मदिराजन्य पदार्थ उत्पादन, बिक्रि वितरणलाई व्यवस्थित गर्ने र मापदण्ड विपरित भएको पाईएमा बन्द गराउने भन्ने उल्लेख भएको देखिएकाले इजाजत पत्र प्राप्त मदिरा व्यवशायमा रोक नलगाउन उच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

मदिराका कारण जिल्लामा अपराधिक गतिविधिमा बृद्धि भएको भन्दै यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमले गत माघ ५ गते जिल्लामा भएको मदिरा व्यवस्थापन गर्नका लागि जिल्लामा मदिरा आयात, उत्पादन र विक्रि वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार माघ ६ गतेबाट जिल्लामा मदिरा आयात बन्द भएको थियो भने फागुन १६ गतेबाट मदिरा विक्रि वितरण तथा सेवनमा रोक लागेको थियो ।

निर्णय खारेजको माग सहित मदिरा व्यवशायिले दिएको मुद्दामा गत फागुन ३० गते उच्च अदालत सुर्खेतले मदिरा व्यवशाय संचालनमा रोक नलगाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले उक्त आदेश कार्यान्वयन नगर्न आदेश दिएपछि अव जिल्ला समन्वय समितिले गरेको निर्णय कार्यान्वयन हुने समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

‘जिल्लामा मदिरा व्यवस्थापन गर्न हामिले गरेको निर्णयमा सर्वोच्चले साथ दिएको छ,’ उहाँले भन्नुभयो, ‘जनताको जित भएको छ, अव निर्णय कार्यान्वयन हुन्छ ।’ मदिरा व्यवशायि संघले वैधानिक रुपमा व्यवशाय संचालन गर्न पाउँनपर्ने बताएको छ । ‘संघका अध्यक्ष नविन खड्काले भन्नुभयो,’ ‘अदालतले भनेको हामि मान्छौं, हामिलाई विश्वास छ इजाजतपत्र प्राप्त व्यवशाय संचालनका लागि अदालतले फैसला गर्ने छ ।’

जिल्ला मदिरा व्यवस्थापन हुनुपर्छ र अवैध मदिरा पसलहरु बन्द हुनुपर्छ भन्नेमा आफुहरु पनि रहेको र यसमा स्थानीय सरकारलाई सघाउँन तयार रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

Facebook Comments