• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङले पहिलोपटक अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले जेठ १ गते घोराहीको गणेश चलचित्र मन्दिरमा जिल्ला सदस्यहरुको सपथ ग्रहण र अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ले प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिनुभएको हो ।

प्रदेश नम्बर ५ को वैशाख २८ गते बुटवलमा बसेको बैठकले प्रदेशभरिका जिल्ला समिति गठन गरेको थियो । जसअनुसार दाङमा १ सय ५५ सदस्यीय जिल्ला समिति बनाएको थियो । प्रदेशको निर्णयअनुसार जिल्ला समितिको सपथ ग्रहण जेठ १ गते हुने विज्ञप्तिमा भनिएको छ ।

विहान ११ बजे हुने सपथग्रहणसँगै अगुवा कार्यकर्ता प्रशिक्षण पनि राखिएको विज्ञप्तिमा जनाएको छ । जसमा गाउँ÷नगर पार्टी कमिटीका सदस्यसम्मको उपस्थिति रहने भएकाले सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

प्रशिक्षणमा स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेल, प्रदेश अध्यक्ष ओनसरी घर्ती, प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लगायतका नेताहरु आउनुहुनेछ ।

Facebook Comments