• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीका सबै जिल्लामा शान्ति सुरक्षासम्बन्धी कार्यक्रम गर्न समिति गठन




कर्णाली प्रदेशका सवै जिल्लामा शान्ति सुरक्षा सम्वन्धी विभिन्न कार्यक्रम संचालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेश सभाको चौँथो अधिवेशन जेठ १० गते दिउँसो ३ बजेबाट गर्न प्रमुख प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको आम सञ्चार तथा सूचना प्रविधि सम्बन्धी विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । त्यसैगरी बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रसायनिक विषादी नियन्त्रण विद्येयक(२०७६, पशु वद्यशाला तथा मासु जाँच विद्येयक (२०७६, माटो तथा मल व्यवस्थापन विद्येयक(२०७६, तर्जुमाको लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।

ान्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तावित द्वन्दपिडित राहात तथा उपचार सम्वन्धी कार्य्विधि २०७५, उद्धोग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित कर्णाली प्रदेश पर्यटन वोर्ड गठन आदेश २०७६ र आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तावित कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामाथि थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद प्रशासन तथा विधेयक समितिमा पठाउनेनिर्णय भएको प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।

त्यस्तै डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिकाको केन्द्र परिवर्तन सम्वन्धमा सो गाउँपालिकाको केन्द्र साविक वडा नं २ स्थित काईगाँउवाट वडा नं ५ स्थित माझगाँउ भन्ने स्थानमा तोक्ने सम्वन्धमा नेपाल सरकार समक्ष सिफारिश गर्ने निर्णय भएको प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।

Facebook Comments