• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा पहिलोपटक आँखा उपचार केन्द्र स्थापना, जिल्ला बाहिर जाने समस्या हट्यो




हिमाली जिल्लाको रुकुम पूर्वको सिस्ने गाउँपाललिका रुकुमकोटमा आँखा उपचार केन्द्र स्थापना गरीएकोछ । जनतालाई सहजरुपमा आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरले आँखा उपचार केन्द्र सञ्चालन गरेकोहो ।

सो आँखा उपचार केन्द्रको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीको प्रमुख आतिथ्य एवं सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी वराल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको विशिष्ट आतिथ्यमा उद्घाटन गरिएको हो ।


आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेरबहादुर थापाले २०४३ मा राप्ती आञ्खा अस्पतालको स्थापना भई दुइवटा आँखा अस्पताल र चारवटा आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो । उहााले प्रदेश नं. ५ अन्तर्गतको जिल्लाहरु कपिलबस्तु, दाङ, रोल्पा, प्यूठान, रुकुमपूर्व र कर्णाली प्रदेशअन्तर्गत सल्या र रुकुमपश्चिममा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय अँंखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम सेवाहरु संचालन गदै आएको बताउनुभयो ।

संघअन्र्तगत १८ वटा आँखा अस्पताल र ८० वटा आँखा उपचार केन्द सञ्चालनमा रहेका छन् । वार्षिक १२ लाखभन्दा बढी नेत्ररोगलाई वहिरंग सेवा र करिव २ लाख भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरी संघले सेवा दिंदै आएको छ ।

Facebook Comments