• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँको पुस्तकालयलाई पुस्तक सहयोग




घोराही १५ निवासी शिक्षक किरण पोख्रेलले रुकुमपश्चिमको सामुदायिक विद्यालयमा स्थापना भएको पुस्तकालयका लागि पुस्तक सहयोग गर्नुभएको छ ।

बालकल्याण मावि झुल्खेत रुकुममा पूर्वविद्यार्थी मञ्चको अगुवाइमा स्थापना भएको पुस्तकालयमा उहाँले ८० थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पोख्रेलले पुस्कालय स्थापना अभियानका अभियन्ता नरेन्द्र केसीलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पोख्रेल ज्योतिकुञ्ज विद्यालयका शिक्षक हुनुहुन्छ ।

बुवाले विभिन्न कालखण्डमा संकलन गरेका पुस्तक गाउँका विद्यालयमा पु¥याउँदै थोरै भए पनि ज्ञान बृद्धिमा सहयोग पु¥याउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका बुवा गंगामणि पोख्रेलको २०७२ मंसिर २९ गते हृदयघातबाट निधन भएको थियो ।

गंगामणि घरेलु कार्यालयका निमित्त प्रमुख हुुहुन्थ्यो ।

Facebook Comments