• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल मालाईन र सिटी प्लाजालाई ‘थ्रि स्टार’ को प्रमाणपत्र




सरकारले घोराहीका होटल मालाईन र सिटी प्लाजालाई थ्रि स्टारको प्रमाणपत्र दिएको छ । खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले घोराहीका १० वटा होटलको अबस्थाका बारेमा गरेर अनुगमन पछि अतिउत्तम श्रेणिमा मालाईन र सिटी प्लाजा परेका हुन् ।

मालाईन होटलका सञ्चालक ओविन्द्र महरालाई कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जाराले थ्री स्टारको लोगो सहित प्रमाणपत्र प्रदान गर्नुभएको छ । त्यसैगरी होटल सिटी प्लाजालाई घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले म्यानेजर कमल सुबेदीलाई लोगो र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

होटल तथा रेष्टुरेन्टहरुको चौतर्फि व्यवस्थापकिय पक्षहरुलाई हेरेर स्तरीकरण गरिएको हो । विभिन्न पक्षलाई समेटिएका ५० सूचकहरुका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा बर्गिकरण गरिने उहाँको भनाई छ ।

९० भन्दा माथी अंक ल्याउने अतिउत्तम, ८० देखी ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखी ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखी ६४ अंक सम्म ल्याउनेलाई सामान्य अबस्थामा बर्गिकरण गरिने निति रहेको छ । होटल मालाईनले ९२ र सिटी प्लाजाले ९० अंक ल्याएका थिए ।

त्यसैगरी होटल डोको, भिंग्रेली भिलेज, ग्रिन भ्याली, मनकामना, माउण्ट एभरेष्ट, होटल म्याजिष्टीक र साईनो होटलको पनि अनुगमन गरिएको छ । अतिउत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निबेदन दिएर एक महिनाको समय दिने समेत व्यवस्था गरिएको छ ।।

Facebook Comments