• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वमा नेकपाको एकता अभियान शुरु, भूमेमा एकता घोषणा




यसअघि प्रदेश ५ का सबै जिल्लाका स्थानीय तहमा एकता भए पनि हुन नसकेको रुकुमपूर्वमा नेकपाको एकता अभियान शुरु भएको छ ।

जसअनुसार रुकुम (पूर्व) भूमे गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता घोषणा गरिएको छ । जिल्लाको तीन स्तानीय तह मध्य भूमेमा पहिलो पटक (नेकपा) को एकता घोषणा गरिएको हो । पूर्व एमाले र पूर्व माओबादी केन्द्रबीच पार्टी एकताका लागि पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुङ्ग्याएको हो । एकता गरिएको अनुसार ७५ सदस्यीय पालिका कमिटीमा पूर्व माओबादी केन्द्रबाट ४५ पूर्व एमालेबाट ३० सदस्य रहनुभएको छ ।

अध्यक्षमा पूर्व माओबादी केन्द्र तर्फबाट रुपधन कामी र सचिवमा पूर्व एमालेको तर्फबाट दलबहादुर बिकलाई जिमेवारी दिइएको छ ।
त्यस्तै नौ वडा रहेको भूमेमा १ र ४ वडा नम्बरमा पूर्व एमालेलाई नेतृत्व र बाँकी वडाकामा पूर्व माओबादी केन्द्रको नेतृत्व रहने गरी नेतृत्वको बाँडफाँड गरिउको छ । वडामा अध्यक्ष र सचिव फरक–फरक समूहले पाउने भएका छन् । नेकपा जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठका अनुसार ७५ सदस्यीय सबै पालिका स्तरीय कमिटीमा पूर्व माओबादी केन्द्रको तर्फबाट ४५ र पूर्व एमालेको तर्फबाट ३० जना सदस्यहरु रहनुभएको छ ।

रुकुम (पूर्व) ३१ वडा रहेको यस जिल्लामा २० पूर्व माओबादी केन्द्र र ११ पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ । सिस्ने गाउँपालिकामा बुधबार एकता घोषणा गरिने (नेकपा) रुकुम (पूर्व) ले जनाएको छ भने पुथा उत्तरगंगा गाउँपालिकामा जेठ महिनामा एकता घोषणा गरिने बताइएको छ ।

कम्युनिष्टको नेतृत्वमा नेपालमा लामो समय देखिको वर्ग संघर्ष तथा विभिन्न जनयुद्ध, जनआन्दोलनबाट गणतन्त्र स्थापना भइ संविधानमा समाजबाद उन्मुख विकासमा अगाडि बढिराखेको पूर्व मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य दलजित श्रीपालीले बताउनुभयो ।

‘त्यसैले यसको कार्यन्वयन कम्युनिष्ट पार्टीले मात्र पूरा गर्न सक्दछ’ उहाँले भन्नुभो, ‘एकतामा लामो समय देखि प्रश्न उठिराखेको थियो अब सबै प्रक्रिया पूरा भइसकेपछि जनताको जिज्ञासालाई सम्बोधन गरी विकासको कामले पूर्णता हुँदै जाने छ ।’ हरेक परिवर्तनका समयमा रुकमबाट नै सुरवाती भइराखेको हुदा प्रगतिशीलको कार्यदिशामा रुकुम लाग्नु पर्दछ उहाँले भनाई व्यक्त गर्नुभयो ।

एकताको लागि कार्यदल गठन गरिएको थियो उक्त कार्यदलको सिफारिशबाट नै जिल्लाभर पार्टी एकता घोषणा भइरहेको पूर्व मन्त्री तथा केन्द्रीय सदस्य गणेशमान पुनले भनाई राख्नुभयो । भूमेका कमिटीलाई शपथ ग्रहण पूर्व मन्त्री पुनले गराउनुभयो । उहाँले भन्नुभो नयाँ उर्जा र हौसलाका साथमा उक्त कमिटीले विकासको कार्य दिशामा लाग्नु पर्नेमा जोड्डिनुभयो । यहाँको मौलिकलाई प्राथमिक्तामा राखि स्थानीय उत्पादन स्वथकर जन्य उत्पादनमा जनताको दैनिकीय जीवन शैलीसँग जोड्डिएर प्रशंसा योग्य विकासमा लाग्न पालिका स्तरीय सदस्यीयलाई सुझाव दिनुभयो ।

‘हाम्रो स्थानीय स्तरमै उत्पादन भइरहेका खाद्यन्नका लागि विदेशबाट करोडौँ रकममा आयत भइराखेको छ ।’ नेकपाको सदस्य भएर समुदायको न्याय, सत्यको बाटोमा लागि अग्रगामी नेतृत्व विकास गर्ने आह्वान पुनले गर्नुभयो ।

भूमेमा मंगलबार नेकपाको एकता घोषणा तथा शपथ ग्रहण कार्यक्रममा अन्य अतिथिहरु नेकपाका केन्द्रीय सदस्य खेममान खड्का, नेकपा ५ नम्बर प्रदेशका सचिव बलराम अधिकारी, नेकपा प्रदेश सदस्य रामसुर बुढा मगर, नेकपाका प्रदेश सदस्य टोपबहादुर ओली नेकपाका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ, सचिव सतमान पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments