• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
योजना सम्पन्न गरेर पनि उपभोक्ता भुक्तानी लिन आएनन्




रुकुम पश्चिम सानिभेरी गाउँपालिकाभित्रका ८५ प्रतिशत योजनाको काम सम्पन्न भएका छन् ।

काम सम्पन्न भएर पनि भुक्तानीका लिनकोलागि गाउँपालिकामा उपभोक्ता नआएको बताउछन् गाउँपालिका इन्जिनियर मोहन कुमार ओली । प्राविधिक शाखाबाट धेरै जसो काम सम्पन्न भएत पनि बालिनालि भित्र्याउने चटारोले गर्दा उपभोक्ता भुक्तानी लिन नआएको इन्जिनियर ओलीले बताए ।

गाउँपालिका भित्रका सबै वडाले आ-आफ्नो योजना बैशाख मसान्त भित्र सिद्ध्याउने गरि काययोजना बनाए अनुरुप अधिकांश योजनाको काम सकिएको हो । गाउँपालिका भित्र ठुला साना गरि करिब १५० वटा जती योजनाहरु रहेका छन् ।

गाउँपालिकाका योजना सम्पन्न गरेर प्रदेश सरकाबाट प्राप्त भएका योजनाहरुको काम तिब्र गतिमा अघि बढेको वडा नं ९ का वडा अध्यक्ष तथा गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्का बताउछन् ।

Facebook Comments