• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा पृथ्वी दिवस मनाइयोः पृथ्वीको रक्षा गर्नु हरेक नागरिकको दायित्व




विश्व पृथ्वी दिवस दाङमा पनि मनाइएको छ ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको आयोजनामा घोराही उपमहानगरपालिका २ बुकामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका वक्ताहरुले विश्वमा जलवायु परिवर्तनको गम्भीर असर देखिन थालेको भन्दै वक्ताहरुले हरेकले आफ्नो ठाउँबाट जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रमुख अतिथि घोराही उपमहानगरपालिका १ का वडा अध्यक्ष राममणि पाण्डेले पृथ्वी साझा आमा भएकाले आमाको रक्षा गर्नु हरेक सन्तानको दायित्व हुने बताउनुभयो ।

बिशिष्ठ अतिथि वडा नम्बर २ का अध्यक्ष केशव आचार्यले वातावरण संरक्षणलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

सो क्रममा अर्गानिक खेतीको तयारीमा जुटेका ६७ घर परिवारलाई कम्पोष्ट मलको खाडल निर्माण गर्न दुइ लाख एक हजार सहयोग हस्तान्तरण गरिएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको सहयोगमा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालले सो सहयोग हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथि पाण्डेले रकम हस्तान्तरण गर्नुभयो । भकारो सुधारका लागि दुइ लाख हजार बरारको इट्टा यसअघि नै सहयोग गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमल पोख्रेल, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, चरिंगे तह संरक्षण समितिका अध्यष मेघबहादुर खड्का, किसान ओपेन्द्र शाहीलगायतले बोल्नुभएको थियो ।

यसैबीच विश्व पृथ्वी दिवस पनि मनाइएको छ । विश्वमा जलवायु परिवर्तनको गम्भीर असर देखिन थालेको भन्दै वक्ताहरुले हरेकले आफ्नो ठाउँबाट जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रम सञ्चालन पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका कार्यक्रम संयोजक दीपेन्द्र लामिछानेले गर्नुभएको थियो ।

Facebook Comments