• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ढोडेनी गुम्बामा बढ्दै दाता, थपिदै दायित्व




नयाँ वर्षको रमझम् संगै नमछु बौद्ध गुम्वा ढाडेनीले आईतवार दाताहरुलाई सम्मान गरीरहेको थियो । सोम पुन, मणिरत्न शाक्य र स्व लाख बुढाका छोराबुहारीले प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको हात बाट कदर पत्र प्राप्त गर्नुभयोे ।

नमछु वौद्ध गुम्वा समिति घोराही १८ का अध्यक्ष सतबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा दाताहरुको निकै प्रशंसा गरीएको थियो । कार्यक्रमका सञ्चालक एवं समितिका सचिव मानसिहं धर्तिमगरले कदर पत्रको व्यहोरा पढ्न पनि निकै लामो समय खर्चिनु हुन्थ्यो । त्यसमा लेखिएका भन्दा बढ्ता सम्मानका शब्दहरु दाताहरुमा अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा पहिलो सम्मान ग्रहण गर्नुहुने पुनले गुम्बालाई गरेकोे सहयोग यति नै भन्न नसकिने मितिको भनाई छ । सचिव घर्तिका अनुसार अहिले सम्म पुनले गरेको सहयोग नै थुपै्र छ, समितिले त्यसको उच्च मुल्यांकन गरेको छ । पुनले आगामि दिनमा गरीने सहयोगको आश्वासन पनि उत्तीकै दिनुभएको छ । खुला दिलले सहयोग गर्ने दाता भनेर काठमाण्डौ निवासी पुनलाई सम्मान गरेको छ ।

यसैगरी सम्मान ग्रहण गर्ने दोस्रो दाता शाक्यले सहस्र भुज लोकेश्वर (क्याम्सन बुद्ध) को मुर्ति स्थापना गर्नुभएको छ । काठमाण्डौ १५ निवासी शाक्यले करीव पाँच वर्षको मेहनत प्रयोग गरी बहुमुल्य जुहारत मिश्रीत मुर्ति बनाएको जानकारी दिनुभयो, दानको लगानी भन्न नमिल्ने बताउनुभयो । उहाँले दान गर्नुभएको हजार हात, हजार आँखा र ११ टाउको भएको मुर्तिलाई करुणाको प्रतिक मानिन्छ । समितिले त्यसलाई लाखौँ मुल्यको भनेको छ ।

यस्तै सम्मान ग्रहण गर्ने अर्का दाता स्व बुढाका छोरा बुहारीहरु दिलचन, मनचन, तुलसी र एञ्जीलाले ठुलो मात्रामा सहयोग गर्नुभएको छ । सबै भन्दा ठुलो माने पनि स्थापना गर्नुभएको थियो । तिन सय केजी फलाम, ७० किलो तामा लगाएत अन्य धातु मिलाएर बनेको छ । त्यस भित्र १२ क्वीन्टल कागजमा ८१ करोड मन्त्र छन् । त्यसमा पनि लाखौँ लगानी छ ।

यसैगरी बुढा परिवारले कार्यक्रम अवधिभर खिर, पुरी, अचार, चिसो, फलफुल सहितको भण्डारा चलाउनुभएको थियो । नयाँ बर्षको खुशि मनाउन मनदिल भ्युटावर चढ्नेहरुको लर्कोले पनि खान पाएको थियोे । त्यस दिन भिउटावर चढ्नेहरु पालो नपाई लाईन बसेका थिए । त्यसरी अत्याधिक चाप हुँदापनि भण्डारी रित्तीएन । त्यस संगै स्वयंभुवाट प्रमुख गुरु काल्साङ लामा, पोखरा बाट गुरु संघेपाउजुर लगाएतलाई ल्याउने देखि सबै खर्च बुढा परिवारले गरेको थियो । अहिले ल्याएको मुर्ती पनि स्वः बुढाको अनुरोधमै आएको दाता शाक्यले बताउनुभयो ।

मुख्य गुरु काल्साङ आफ्ना अनुयायी क्यानडा र स्पेनीस दुई विदेश नागरीक सहित आउनुभएको थियो । प्रमुख गुरुले केहि समय नगर प्रमुख चौधरी र बौद्ध धर्मका चिन्तक एवं बरिष्ठ पत्रकार साहित्यकार नारायण प्रसाद शर्मालाई आफ्ना अर्ति उपदेश दिनुभएको थियो । रातो पावरको प्रतिक हो भन्दै दुवै जनालाई राता खादा ओढाई सम्मान गर्नुभयो । łठुलो मान्छेलाई पावर चाहिन्छ प्रमुख गुरुले भन्नुभयोे, łम बुढो नेपाली भएको हैसियतले भन्दैछु काम गर्ने क्रममा यादआवस् ।

प्रमुख गरुले काम गर्ने भन्दा अह्राउने ठुलो काम हो, हामि सवैका गुरु भन्दै दुई हातले शर्मालाई मुसार्नुभएको थियो । मुखिया देखि सिंहदरवा र सैयौँ धर्मगुरु मिले शान्ती हुन्छ । शान्ती भए विकास हुन्छ । भन्दै मेयर चौधरीलाई मेयर चौधरीलाई सल्लाह दिनुभयोे । शान्तिको सन्देश यहि ठाउँ बाट दिन चौधरीलाई आग्रह गर्नुभयो । दुवै जना प्रमुख गुरुका सामिप्यमा निकै नतमस्तक देखिनुहुन्थ्यो ।

स्वागत मन्तव्य व्यक्त गर्नुभएका कार्य समितिका सदस्य मणिराज पुनले दाताहरुको सम्मानको खातिर धेरै शब्द र समय लगानी गर्नुभयो । पाँच बर्ष अघि आफ्नो पहलमा आएको सबै भन्दा ठुलो मुर्तिका बारेमा केहि कुरा सुनाउनु भईन । पुनमा मपाईत्व र आत्मप्रशंसाको अभिलाषा छैन । समाज सेवामा निस्वार्थ ढंगले लाग्ने व्यवहार पुनमा छ ।

यस्तै सहयोगी हातहरुले खुरिल्लो डाँडो स्वर्णमा बदलिँदैछ । सबैको लागि स्वर्ग बन्दैछ । क्याप्टेन मनबहादुर पुन र दिलसरी पुनको मनदिल टावर देखि भवन र अन्य संरचना दाताहरुकै निगाहले निर्माण भएका छन् । एक पछि अर्को ठुलो धनराशी सहीतका संरचना थपिँदैछन् । बचाउने र त्यहि स्तरको शान्तिको सन्देश फैलाउने दात्वि समितिमा बढ्दै गएको छ ।

Facebook Comments