• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा ८६ घर सहिद परिवारलाई सम्मान




रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ मा लाग्दै आएको मेलगैरी जनबादी मेलाको अवसरमा गाउँपालिका भरीका सहिद परिवारलाई सम्मान गरिएको छ । २४ औ जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाका ८६ जना सहित परिवारलाई सम्मान गरिएको हो ।

जनयुद्धमा राज्य पक्ष र बिद्रोही दुबै पक्षबाट मारिएका सहिद परिवारलाई सम्मान गरिएको हो । वडा नम्वर २ को आयोजनामा भएको सम्मान कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य राजकुमार शर्माले सहिदको सपना सराकार पार्न सरकार तयार रहेको बताउनुभयो । केन्द्र देखि स्थानीय तहसम्म नेकपाकै सरकार भएको अवस्थामा सम्पर्ण सहिदकोे सपना साकार हुने उहाँको भनाई छ ।

यो भन्दा अघिल्ला पटकका सरकारले सहिदको सपनालाई पुरा गर्न नसेको बताउदै शर्माले अवको बहुमत पाएको सराकाले सहिद परिवारको हक हितको लागि कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा जिल्ला संयोजक महेन्द्र केसीले जनयुद्धको उद्गम स्थलबाट सहिदको सपना साकार पार्दै जानुपर्ने बताउनुभएको छ । जिल्लाका बिभिन्न ठाउँ जस्तै बाँफिकोट गाउँपालिकामा पनि सयौ सहिद भएको स्मरण गर्दै संयोजक केसीले सहिदहरुले देखेका सपना र उनीहरु हिडेको बाटोलाई हाफुहरुले कहिल्यै नभुल्ले बताउनुभयो । सरकार र पार्टीले पीपलको मेलगैरीलाई कहिल्यै नभुल्ने संयोजक केसीको भनाई थियो ।

वडा अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षतमा भएको कार्याक्रममा नेकपा केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा कर्णाली प्रदेश सदस्य तथा जिल्ला संयोजक महेन्द्र केसी, नेकपा कर्णाली प्रदेश सदस्य ईन्दिरा बुढा, गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी लगायतको आतिथ्यता रहेकोक थियो ।

सहित परिवार भुपाल बुढाको स्वागत मन्तव्य रहेको सम्मान कार्यक्रमको संचालन वडा सदस्य कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।

त्यस्तै जनयुद्ध दिवसको अवसरमा आयोजित २ हजार मिटर महिला तथा पुरुष दौड सम्पन्न भएको छ । पुरुष तर्फ नविन गौतम प्रथम, गणेश केसी दोस्रो र बिरेन्द्र केसी तेस्रो हुनभएको छ ।

त्यस्तै महिला तर्फ धनमाया नाथ प्रथम, अमृता नाथ दोस्र र कमला नाथ तेस्रो हुनभएको छ । प्रतियोगिताका विजेता सबैलाई पुरस्कार , प्रमाणपत्र बितरण गरिएको छ ।।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम पश्चिमले पनि विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको छ । पार्टीले सहिदको सम्झना गरेर जनयुद्ध दिवस मनाइएको होे ।

दिवसको अवसर पार्टी कार्यालय बागबजारमा श्रदाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकता भएपछि जिल्लामा पहिलो पटक तत्कालिन माओवादी केन्द्र र एमालेले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन । बिहान पार्टी कार्यालयमा एक कार्यक्रमका बिच श्रदानजली कार्यक्रम गरिएको हो ।

नेकपा जिल्ला संयोजक महेन्द्र केसीको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य राजकुमार शर्मा लगायत नेता कार्यक्रताको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन नारायण कुमार शाहले गर्नुभएको थियो ।

रुकुम पुर्वको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा पनि २४ औ जनयुद्ध दिवसको अवसरमा गणतन्त्र स्थापनाको लागि जनयुद्ध र जन आन्दोलनको भुमिका बिषयक अन्तरक्रिया कार्यम सम्पन्न भएको छ । नेकपा रुकुम पुर्वको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रियामा बोल्ने सहभागिले जनयुद्धका उपलब्धी गुम्न नदिने प्रतिबद्धता जाहेर गरेका छन् । ठुलो बलिदान र संर्घष जनयुद्ध सफल भई देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भई देश संघियतामा जानु जनयुद्धको ठुलो उपलब्धि भएको सहभागिको भनाई थियो ।।

नेकपाका प्रदेश सदस्य प्रकाश श्रेष्ठ र नन्दालाल शर्माको आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन गोर्बधन बुढाले गर्नुभएको थियो ।।

Facebook Comments