• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीमा भौतिक पूर्वाधार कार्यालय स्थापना, ४३ करोड वजेट




रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज एक कार्यक्रमका विच भौतिक पुर्वाधार कार्यालय उदघाटन गरीएको छ ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत ३ वटा जिल्ला हेर्ने गरी स्थापना गरीएको कार्यालय कर्णाली प्रदेश सांसद गोपाल शर्मा अनलले गर्नुभएको हो । पुर्वाधार कार्यालयले रुकुम पश्चिम ,जाजरकोट र डोल्पा जिल्लामा सडक वाटो निर्माण तथा स्तरोन्नति मोटरयवल र झुलुगेंपुल निर्माणको कार्य गर्ने वताईएको छ ।

चौरजहारी नगरपालिका वडा नं २ विजयश्वरी डाँडामा कार्यालय स्थापना भए संगै यस क्षेत्रको भौतिक पुर्वाधार विकासले तिव्रता पाउने सांसद शर्माले वताउनुभयो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि संसद शर्माले वजेट कार्यान्वयनका लागी सकारात्मक सहयोग निग्रानी र कमी कमजोरीलाई सल्लाह सुझाव दिन स्थानियलाई आग्रह गर्नभयो ।

संघले प्रदेश मातहतमा रहने गरी ४ वटा पुर्वाधार कार्यालय स्थापना गर्ने निर्णय अनुसार चौरजहारीमा पनि कार्यालय स्थापना गरीएको सिनियर डिभिजन ईन्जिनियर कमल कुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले कार्यालय स्थापना संगै पुर्वाधारको सर्वेक्षण गरी डिपिआर तयारको कार्यलाई अगाडी वढाईने वताउनु भयो ।

सडक स्तरोन्नति पुल निर्माण लगाएत ३१ वटा योजनाको लागी ४३ करोड वरावरको वजेट रहेको समेत सिनियर ईन्जिनियर अधिकारी जाकारी दिनुभएको छ ।

कार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्मा उप प्रमुख राधा रोका निमित्ति प्रमुख प्रशाशकिय अधिकृत तारावहादुर कंवर कायालय प्रमुख तथा प्रतिनिधि एवम वडा अध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।

Facebook Comments